पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने
पाेखरा | असार १०, २०८१
पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ ।
उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए ।
उनले भने–'हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं। अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।'
दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम.एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए ।
दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । 'दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन्,' उनले भने ।
गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने- 'मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।'
दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए ।
दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयो गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

